प्रहर खबर
 २०८३ भाद्र १५, सोमवार    

मकवानपुरको इन्द्रसरोबरमा गाडी दुर्घटना

२०७९ जेठ ७, शनिबार १४:१५ बजे

हेटौंडा – मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको कुलेखानी ड्याम नजिक पुलमा डिआइ गाडी दुर्घटना भएको छ ।

हेटौंडा तर्फबाट काठमाडौंतर्फ जादै गरेको ना ४ च २३१५ नम्बरको डिआइ गाडी दुर्घटना हुँदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरु मध्य ४ जनाको हेटौंडा अस्पताल र २ जनाको काठमाडौं उपचारका लागि लगिएको छ । घाइतेको पहिचान खुल्न बाँकी छ । घटनाको सम्बन्धनमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।