हेटौंडा – कञ्चनपुरको पुनर्वास नगरपालिका–५ सिम्रीमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१ का ३१ वर्षीय सरोज रिमाल रहेका छन् ।
इलाका प्रहरी कार्यालय पुनर्वासका अनुसार धनगढी–बेलौरी हुलाकी सडकमा म १ ह ८२४ नम्बरको अटो अनियन्त्रित भई पल्टिदा ३ जना घाइते भएका थिए। घाइते मध्ये रिमालको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका सिन्धुलि नगरपालिका–११ का १८ वर्षीया सबिना घिमिरे र महोत्तरीको बर्दिवास नगरपालिका४ का २२ वर्षीय शुशिल बुढाथोकिको मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।