हेटौंडा – गएरातिको वर्षासंगै पहिरो जाँदा हेटौंडा–काठमाण्डौ जोड्ने कान्तिलोपथ सडक अवरुद्ध भएको छ । कान्तिलोपथ अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नंबर ८ महादेवटारमा पहिरोले सडक अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
त्यस्तै ईन्द्रसरोवर गाउँपालिका ३ रामचन्द्र भञ्ज्याङमा पहिरो जाँदा हेटौंडा–काठमाण्डौ जोड्ने छोटो सडक मार्ग अन्तर्गत सिस्नेरी–कुलेखानी सडक अवरुद्ध भएको छ ।दुबै स्थानको पहिरो हटाउने कार्य भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।