प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

हेटौंडामा मेयर कप फुटबल प्रतियोगिता हुने

२०८० बैशाख ३१, आईतबार १४:२४ बजे


हेटौंडा – हेटौंडामा दोस्रो संस्करणको मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । नगर खेलकुद विकास समितिको व्यवस्थापनमा आउँदो जेठ १५ गतेबाट हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा सहभागी हुन उपमहानगरपालिकाका १९ वटै वडालाई पत्र पठाईएको हेटौंडा उपमहानगरपालिका युवा तथा खेलकुद शाखाका अधिकृत बसन्त कुमार सिटौलाले जानकारी दिए । नकआउट चरणमा हुने प्रतियोगिताको फाइनल खेल जेठ २५ गते हुने उनले बताए ।

प्रतियोगिताको उपाधि विजेताले नगद २ लाख र उपविजेता टिमले १ लाख ५० रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, सेमिफाइनलमा प्रवेश गर्ने दुई टिमलाई नगद ५०/५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट खेलाडीलाई नगद ५/५ हजार रुपैयाँ प्राप्त गर्ने नगर खेलकुद विकास समितिले जनाएको छ ।