प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

काठमाडौं उपत्यकामा हल्का वर्षा

२०८० बैशाख ८, शुक्रबार ११:१५ बजे

काठमाडौं – अहिले काठमाडौं उपत्यकासहित देशका केही ठाउँको मौसम आंशिक बदली भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकामा केहीबेर हावाहुरीसहित मध्यम वर्षा भएको छ ।

मौसमविद् वरुण पौडेलका अनुसार काठमाडौं उपत्यकामा सामान्य बदली हुनेछ । तीव्र गतिमा हावा चल्नाले उपत्यकामा रहेको प्रदूषणको मात्रा पनि घट्ने उनको भनाइ छ । पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावका कारण हावाहुरीसहित मध्यम वर्षा उपत्यकामा भएको उनले बताए ।

अहिले उपत्यकासँगै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागमा हावाहुरी र हल्का वर्षा भएको छ । अन्य स्थानको मौसम सफा नै रहेको उनले बताए ।