प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

नेपाल उज्वेकिस्तानसँग पराजित

२०८२ असार २२, आईतबार ०७:४७ बजे

हेटौंडा । एएफसी एसियाकप छनोटमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।

निर्धारित समय ३-३ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा धकेलिएको खेलमा नेपाल ४-२ गोलले स्तब्ध भएको हो।

पहिलो हाफमा ३-१ ले पछि परेको अवस्थामा नेपालले सानदार पुनरागमन गर्दै खेललाई दोस्रो हाफमा ३-३ को अवस्थामा ल्याएको थियो। निर्धारित समय बराबरीमा सकिएपछि खेल पेनाल्टि सुटआउटमा धकेलिन पुगेको थियो। जहाँ घरेलु टोली उज्वेकिस्तानले बाजि मार्न सफल भयो।

पेनाल्टी सुटआउटमा उज्वेकिस्तान सबै चार खेलाडीले गोल गर्दा अन्तिम प्रहार गर्नु परेन्। नेपालक लागि भने सावित्राको पहिलो प्रहार पोलमा लागेर फर्किएको थियो।

दोस्रो प्रहार गिता रानाले गोलमा परिणत गर्दा सविता राना मगरले पनि गोल गर्न सफल भइन्। तेस्रो प्रहाहरका लागि आएकी गोलरक्षक अञ्जना राना मगरको प्रहार भने गोलरक्षकले बचाएपछि उज्वेकिस्तानको अन्तिम प्रहार अघि नै नेपालको एसियाकप छनोटको सम्भावना सकिएको थियो ।