प्रहर खबर
 २०८३ भाद्र १४, आइतवार    

गृहकार्य नगरेकाे भन्दै शिक्षकबाट कुटिए विद्यार्थी

२०७९ भाद्र २१, मंगलबार ०४:३६ बजे

रिकेश विश्वकर्मा (क्षितिज) – मधेश प्रदेश अन्तर्गत महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका वडा नं ४ मा संचालित निजी विद्यालय समृद्ध पाठशालाका प्रिन्सिपलले गृहकार्य नगरेको भन्दै जेम्स वाइबा भन्ने बिद्यार्थीलाइ निर्घात कुटपिट गरेका छन्।

कमला वाइबाका अनुसार समृद्ध पाठशालाको प्रिन्सिपलले गृहकार्य नगरेको भन्दै कुखुरा बनाउएर शरिर भरी निलडाम हुने गरि कुटपिट गरेका हुन् । साथै, उनले आफ्नो फेसबुकमा पनि तस्विर सार्वजनिक गर्दै यस्तो प्रिन्सिपललाई के कारवाही गर्दा ठिक होला ? भनी पोस्ट समेत गरेकी छिन्। उनले सम्बन्धित निकायको ध्यानाकर्षणको लागि आग्रह गरेकी छन्।