काठमाडौं – जंगलमा गाडिएको अवस्थामा दुई किशोरकिशोरीको शव फेला परेको छ । दाङको तुलसीपुर उपहानगरपालिका १३ दमारगाउँस्थित जंगलमा दुई किशोरकिशोरीको शव फेला परेको हो ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमका अनुसार आइतबार स्थानीय १५ बर्षीय शरद आचार्य र १४ वर्षीया रोशनी महतारा जंगलमा गाडिएको अवस्थामा फेला परेको हो । असोज २७ गते साँझ घरबाटै हराएका किशोरकिशोरीको शव एकै ठाउँमा गाडिएको अवस्थामा फेला परेको उनले जनाए ।
मृतकको शरीरमा चोटपटक रहेको र घटना शंकास्पद रहेकोले अनुसन्धानका लागि नेपालगन्जबाट तालिम प्राप्त कुकुर सहितको टोली मगाएको प्रहरीले जनाएको छ ।