हेटौंडा – जिल्ला प्रशासन कार्यालय मकवानपुरले सेवाग्राहीलाई प्रदान गर्ने सेवा छिटो र सहज बनाउन प्रविधिको प्रयोगमा जोड दिन थालेको छ। सो कार्यालयले मङ्गलबारदेखि टोकन मेसिन राखेर पालोमा सेवा प्रदान सुरु गरेको हो।
टोकन मेसिनबाट प्राप्त हुने टिकटको आधारमा पालोमा सेवा प्रदान गर्न सुरु गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । उनले यस कार्यालयबाट प्रदान गरिने सेवा टोकन प्रणालीका आधारमा हुने जानकारी दिँदै यसले सेवाग्राहीसँगै कर्मचारीलाई कार्यसम्पादनमा सहजता हुने बताए ।
सेवाग्राहीले आफैँले भरी पेस गर्नुपर्ने साधारण निवेदनसँगै राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन फाराम कार्यालयमा नागरिक सहायता कक्ष स्थापना गरी मङ्गलबारबाटै निवेदन लेख्ने र फाराम भर्ने व्यवस्था प्रशासन कार्यालयले मिलाएको हो। “निवेदन लेखन, राहदानी र राष्ट्रिय परियचपत्रको अनलाइन फाराम भर्न व्यवसायी वा तेस्रो पक्षकोमा जानु पर्दैन, बाहिर बढी मूल्य लिएको गुनासोपछि निःशुल्क सेवा सुरु गरेका छौं ।