प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

२०७९ पौष ६, बुधबार १४:२५ बजे

हेटौंडा – रुपन्देहीको तिलोत्तमा नगरपालिका ५ मणिग्राममा मोटरसाइकल दुर्घटना हुँदा दूई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देहीकै शुद्धोधन गाउँपालिका ६ का २४ वर्षीय गजेन्द्र सहनी र पछाडी सवार सियारी गाउँपालिका २ का २६ वर्षीय वृजेश थारु रहेका छन् ।

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ४७ प ३६१४ नम्बर मोटरसाइकल मंगलबार राति पौने २ बजे पल्टिएको थियो ।