हेटौंडा – खुकुरी प्रहारबाट घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोके पाँचपोखरी थाङपाल गाउँपालिका–६ धाप बस्ने ७४ वर्षीय मुक्तिनाथ पौडेलको अन्नपूर्ण न्यूरो अस्पताल बबरमहल उपचारको क्रममा सोमबार बिहान मुक्तिनाथको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते भएका अन्य २ जनाको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ । मुक्तिनाथ सहित ३ जनालाई सोही ठाउँ बस्ने ३० वर्षीय राजाराम रायमाझीले शनिबार दिउँसो खुकुरी प्रहार गर्दा घाइते भएका थिए । धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा रायमाझी प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।