प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

चितवनमा एक महिलाद्वारा आत्मदाहको प्रयास

२०८० मंसिर २१, बिहीबार १२:३० बजे

हेटौंडा – चितवनमा एक महिलाले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी छन् । जिल्लाको रत्ननगर नगरपालिका वडा नं.८ बाघमारा बस्ने ४१ बर्षीया बिनिमाया कुमालले दिउँसै आत्मदाहको प्रयास गरेको बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार उनले बुधबार दिउँसै १ बजेर १५ मिनेटको समयमा आत्मदाहको प्रयास गरेकी थिइन् । उनी प्यारलाईसिस र मानसिक बिरामी रहेको बुझिएको प्रहरीले जनाएको छ ।उनको भरतपुर अस्पताल उपचार भइरहेको छ ।  यस बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।