प्रहर खबर
 २०८३ कार्तिक २, आइतवार    

हेटौंडामा कुटपिट हुँदा दुई जना घाइते, सात जना पक्राउ

२०७९ पौष २५, सोमबार ०१:३५ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ मचुनडाडाँमा कुटपिट हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा हेटौडा–१९ मचुनडाडाँ बस्ने १९ वर्षीय दिनेश देबकोटा र २३ वर्षीय सुजन मोक्तान रहेका छन् ।

गएराति मचुनडाडाँस्थित निर्माणाधिन दाना फ्याक्ट्रीमा काम गर्ने कामदारहरुसंग बसेर रक्सी सेवन गने क्रममा बिबाद हुँदा उनिहरुमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाईते दुबै जनाको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कुटपिट गर्ने भिमफेदी–८ बस्ने बर्ष २३ को कृष्ण तामाङ, भिमफेदी–३ बस्ने बर्ष २० को एकलाल बजु, बर्ष २२ को महेन्द्र घलान, बर्ष २० को सुदिप बजु, भिमफेदी–२ भैसे बस्ने बर्ष २२ को पृथ्वी केपछाकी मगर, बर्ष २७ को सुजन केपछाकी मगर र भिमफेदी–१ बस्ने बर्ष अ।१८ को बिबेक पाख्रिनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।