प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

घट्यो सुनको मूल्य

२०७९ जेठ १८, बुधबार ०६:२८ बजे

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। छापावाल सुनको मूल्य प्रतितोला आठ सयले घटेर ९७ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन सुन प्रतितोला ९८ हजारमा कारोबार भएको थियो। महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० कायम भएको छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार ५०० थियो।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले घटेर एक हजार २५० तोकिएको महासंले जनाएको छ।