प्रहर खबर
 २०८३ भाद्र १२, शुक्रवार    

लागु औषध सेवन गरी सवारीसाधन चलाउने सात जना चालक पक्राउ

२०७९ पौष ९, शनिबार १५:०८ बजे

काठमाडौं – लागुऔषध सेवन गरी सवारी साधन चलाउने सात जनालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। शनिबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले शनिबार गरेको विशेष चेकिङमा सात जनालाई कारबाही गरेको हो।

५ जना मोटरसाइकल चालक, एक जना स्कुटर चालक र एक जना ट्याक्सी चालक गरी ७ जना चालकलाई कारबाही गरेको  प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जगातीमा राखिएको प्रवक्ता एसएसपी भट्टले बताए।