काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गर्नुभएको छ । आइतबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै भण्डारीले सात दिनभित्र सरकार गठन गर्नका लागि आह्वान गर्नुभएको हो ।
निर्वाचन आयोगबाट प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन पेस भए लगत्तै राष्ट्रपतिबाट सरकार गठनको आह्वान भएको हो।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिबाट आह्वान भएको हो।
प्रतिनिधि सभामा कुनै पनि दलले सरकार गठनका लागि स्पष्ट बहुमत प्राप्त गर्न नसकेकाले संयुक्त सरकार गठनका लागि आह्वान भएको हो। विज्ञप्तिमा पुस १० गते आइतबार साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान भएको उल्लेख छ। प्रतिनिधि सभामा कुनै पनि दलले सरकार गठनका लागि स्पष्ट बहुमत प्राप्त गर्न नसकेकाले संयुक्त सरकार गठनका लागि आह्वान भएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा ७६ को उपधारा ९१० बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि मिति २०७९र९र१० गते आइतबार १७ बजे भित्र दाबी पेस गर्न सम्माननीय राष्ट्रपतिज्यूबाट आव्हान भएको ब्यहोरा अनुरोध छ।