हेटौंडा – सिरहाको धनगढीमाई नगरपालिका ७ मा सोमबार विङ्गरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक युवती घाइते भएकी छिन् ।
मृत्यु हुनेमा मोटरसाइकल चालक गोलबजार नगरपालिका १२ बस्ने २२ वर्षीय अमरेश कुमार मण्डल रहेका छन्। उनको उपचारको क्रममा कसहा हेल्थ केयर सिरहामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएकी मोटरसाइकलमा पछाडी सवार १८ वर्षीया पर्वती देवी मण्डलको भने मेट्रो हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रदेश २–०१–००१ प ३९ ८२ नम्बरको मोटरसाइकललाई बा २१ च ५८४४ नम्बरको विङ्गरले सोमबार साँझ सवा ६ बजे ठक्कर दिएको थियो । वीङ्गर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताईएको छ ।