प्रहर खबर
 २०८३ भाद्र १५, सोमवार    

बकैया गाउँपालिकामा १८ जनाको उम्मेदवारी फिर्ता(नामसहित)

२०७९ बैशाख १६, शुक्रबार १३:०७ बजे

हेटौंडा – मकवानपुरको बकैंया गाउँपालिकामा १८ जना उम्मेदवारहरुले मनोनयन फिर्ता लिएका छन् । मनोनयन फिर्ता लिनेमा दुई जना अध्यक्षका उम्मेदवार, ७ जना वडाअध्यक्षका उम्मेदवार र ९ जना वडासदस्यका उम्मेदवार रहेको निर्वाचन अधिकृत कार्यालय बकैंयाले जनाएको छ ।

कार्यालयका अनुसार कृष्ण घिमिरे र लक्ष्मीमाया माझीले अध्यक्षबाट उम्मेदवारी फिर्ता लिएका छन् । त्यस्तै गाउँपालिका वडा नं.२ का कर्ण बहादुर स्याङ्तान, वडा नं.४ का दिपक कार्की, वडा नं.५ का राम बहादुर थिङ, सेतेलाल गोङवा, वडा नं.१० का आइत सिं मोक्तान, वडा न..११ का लोकमान गोले र वडा नं.१२ का संजय लामा डिम्डुङले वडाध्यक्षको उम्मेदवारी फिर्ता दिएका हुन् ।

त्यसैगरी महिला वडासदस्यतर्फ वडा नं.२ का कल्पना वाईबा र वडा नं.१० का पातली माया गोले, दलित महिला वडा सदस्यतर्फ वडा नं.४ का दुर्गा विश्वकर्मा, खुल्ला वडासदस्यतर्फ वडा नं.२ का नेमशी बल, बाबुलाल जिम्बा, वडा नं.४ का सुमन घिमेर र प्रकाश बस्नेत, वडा नं.५ का जमबहादुर तामाङ र वडा नं.७ का खोम बहादुर थापा मगरले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

278577606_115906157767252_5641813819684260270_n