प्रहर खबर
 २०८३ कार्तिक ४, मङ्गलवार    

सवारी दुर्घटना हुँदा तीन सशस्त्र प्रहरी सहित चार जना मृत्यु

२०७९ कार्तिक ५, शनिबार ०६:२८ बजे

हेटौंडा – कपिलवस्तुको वाणगंगा नगरपालिका ३ मा साइकललाई ठक्कर दिएर सशस्त्र प्रहरीको वानटन ट्रक पल्टिदा ४ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा साइकलयात्री स्थानीय २६ वर्षीय अमर संग्रामी मगर, ट्रक चालक सशस्त्र प्रहरी सहायक हवल्दार रमेश चौधरी, सहायक हवल्दार जनक चौधरी र हवल्दार रमेश चौधरी रहेका छन् । दुर्घटनामा घाइते भएका साइकलयात्री मगर र सहायक हवल्दार रमेश चौधरीको उपचारको क्रममा सामुदायिक अस्पताल ४ नम्बरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य २ जनाको भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका ३ जनाको भैरहवामै उपचार भइरहेको छ । चन्द्रौटामा चुनावका लागि कर्मचारी छोडेर तौलिहवा स्थित सशस्त्र प्रहरी बल गणमा फर्कदै गरेको वानटन ट्रक साइकललाई ठक्कर दिएर हिजो बेलुकी ७ बजे पल्टिएको थियो ।