प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

चरेस सहित दुई जना पक्राउ

२०८० कार्तिक १, बुधबार १८:१५ बजे

दार्चुला – दार्चुलाबाट डेढ किलोग्राम चरेस सहित दुई जना पक्राउ परेका छन्। एक किलो ६ सय ग्राम चरेससहित दुई जना पक्राउ परेका हुन्।

बझाङको बुङ्गल नगरपालिका–७ का ३६ वर्षीय उज्जल बोहरा र सोही स्थानका २८ वर्षीय रामबहादुर बोहरा चरेससहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुरसिंहले बताए।

बुधबार बिहान दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ पस्तिबाट दुबै जनालाई चरेससहित पक्राउ गरिएको उनले बताए। जिल्ला प्रहरी कार्यालय दार्चुला र शंकरपुर पस्ती चौकीबाट खटिएको प्रहरी टोलीले चरेससहित दुबै जनालाई पक्राउ गरेको हो।