प्रहर खबर
 २०८३ भाद्र १२, शुक्रवार    

दाउराले हानेर एक युवकले गरे आफ्नै बुबाको हत्या

२०७९ मंसिर ३, शनिबार १४:२५ बजे

हेटौंडा – दाउरा प्रहार गरी एक युवकले आफ्नै बुबा हत्या गरेका छन् । बारा बिश्रामपुर गाउँपालिका–५ इटयाही बस्ने २० वर्षीय प्रदेशिक पासवानले आफ्नै बुबा ५० वर्षीय शुकर पासवानको हत्या गरेको प्रहरीले जनाएको छ ।

आफनै बुबा हत्या अभियोगमा प्रदेशिक कात्तिक २७ गते राति प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार घरायसी वादविवादमा प्रदेशिकले बुबालाई दाउरा प्रहार गर्दा शुकर गम्भीर घाइते भएको थिए ।

गम्भीर घाइते शुकरको एनएमसी अस्पताल वीरगंजमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।