काठमाडौं – करेन्ट लागेर एक बालिका सहित दुई जनाको मृत्यु भएको छ । बर्दियाको बारबर्दिया नगरपालिका—८ दुधाका ३३ वर्षीय सनिराम थारु र लरिया नगरपालिका—९ मथुराहरीद्वारकी ९ वर्षीया खुश्वु धोबीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार थारु घरमा मन्दिर बनाउने क्रममा विद्युत्को तार चुँडेर करेन्ट लागेर शक्त घाइते भएका थिए । उनको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार धोबी घरमा खेल्ने क्रममा फलामको ढोकामा विद्युत्को तार सर्ट भई सख्त घाइते भएका थिए । उनको जिल्ला अस्पताल, गुलरियामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।