प्रहर खबर
 २०८३ भाद्र ११, बिहीवार    

ढुङ्गाले हानेर थिङको हत्या, दुई जना पक्राउ

२०८० आश्विन १५, सोमबार १८:३१ बजे

हेटौंडा – कुटपिट गरी ढुङ्गाले हानेर हत्या गरेको अभियोगमा काभ्रेपलाञ्चोकबाट दूई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका –८ का २१ वर्षीय समीर राय र काभ्रेपलान्चोक बनेपा नगरपालिका –१ का २२ वर्षीय ईश्वर विकलाई प्रहरीले पक्राउ गरेको हो ।

सिन्धुलीको मरिण गाउँपालिका–५ घरभई हाल बनेपा नगरपालिका–१ घिमिरेगाउँमा मजदुरी गर्दैआएका ५५ वर्षीय दुधलाल थिङको हत्यामा संलग्न रहेको आरोपमा राय र विकलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले शनिबार राति मादक पदार्थ सेवन गरी घर फर्कनेक्रममा दुधलालसँग सामान्य भनाभन हुँदा दुवै आवेशमा आई दुधलाललाई कुटपिट गरी ढुङ्गाले हानी हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । त्यसपछि राय र विक फरार रहेका थिए ।

दुधलाल थिङको हत्या आरोपमा पक्राउ परेका दुवैलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को ज्यानसम्बन्धी कसुरमा म्याद थपगरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।