प्रहर खबर
 २०८३ भाद्र १२, शुक्रवार    

पूर्वराजा शाहको ७९औँ जन्मोत्सवमा सर्वसाधारणलाई निर्मल निवास खुला गरिने

२०८२ असार १३, शुक्रबार ०९:०२ बजे

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मोत्सव यही असार २३ गते मनाइने भएको छ। 

जन्मोत्सवको अवसरमा शुभकामना तथा अभिवादन ग्रहण गर्नका लागि उनको निजी निवास निर्मल निवास सर्वसाधारणका लागि खुला गरिने भएको छ।

संवाद सचिवालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। सचिवालयका अनुसार, जन्मोत्सवको दिन असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास सर्वसाधारण, शुभेच्छुक तथा विभिन्न सङ्घसंस्थाका लागि खुला रहनेछ।511177463_1385022829219104_4243429897425553952_n