प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

सन्दीप लामिछाने विदेश जान पाउने

२०७९ फाल्गुन १५, सोमबार १२:४३ बजे

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने विदेश जान पाउने भएका छन् । नाबालिग बलात्कार आरोप लागेका क्रिकेटर लामिछानेलाई विदेश गएर क्रिकेट खेल्न सर्वोच्चले अनुमति दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सोमबार सन्दीपलाई विदेश जान दिने निर्णय गरेको हो।

उच्च अदालत पाटनले उनलाई विदेश जान प्रतिबन्ध लगाएको निर्णय सर्वोच्चले बदर गरिदिएको हो। सर्वोच्चको आदेशमा सन्दीपले अब विदेशमा कुनै प्रतियोगिता खेल्न जाँदा प्रतियोगिता सकिएको १५ दिनमा नेपाल आई काठमाडौं जिल्ला अदालतमा उपस्थित हुन भनिएको छ।

लामिछानेले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै निवेदन दिएका थिए । महान्यायाधीवक्ताको कार्यालयले भने सन्दीपलाई थुनामा राखेर अनुसन्धान गर्नपर्ने भन्दै निवेदन दिएको थियो।

त्यसपछि उनी २० लाख धरौटीमा रिहा भएका थिए । सरकारी वकीलको कार्यालयले उच्च अदालतकाे निर्यणविरूद्ध लामिछानेलाई थुनामै राख्नुपर्ने मागसहित सर्वोच्चमा निवेदन दिएका थियो । तर, याे मुद्दामा पनि सर्वाेच्चले धराैटीमा छाेड्ने उच्च अदालतकाे फैसला सदर गरेकाे छ ।