हेटौंडा – सत्तारुढ गठवन्धनबाट हेटौंडा उपमहानगरपालिकाको मेयरमा मिना कुमारी लामा उम्मेदवार बन्ने भएकी छन् । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादीको पदाधिकारी बैठकले लामालाई हेटौंडाको मेयरमा उठाउने निर्णय गरेको हो ।
एकिकृत समाजबादीको भागमा परेको हेटौंडाबाट बर्तमान उपमेयर लामाले मेयरमा उमेदवारी दिने भएको हो । अबको केही दिनमानै आफ्नो गठबन्धन दलहरुको घोषणा पत्र लिएर जनतामाझ जाने तयारी समेत उनले थाल्ने भएकी छन् । उनी मकवानपुरको स्थानीय तहको प्रमुखमा टिकट पाउने पहिलो महिला नेतृ समेत बनेकी छन् ।
सरकार गठबन्धन दल तथा दलका शीर्षस्थ नेता बिच भएको सहमतिमा हेटौंडाको मेयर नेकपा एस र उपप्रमुख कांग्रेसको भागमा परेको थियो। नेकपा एसको आज बसेको बैठकले सिफारिस गरिएका दुईजना मध्ये मिना कुमारी लामालाई मेयरमा उम्मेदवारी टुङ्ग्याएको हो। मिनासंगै एकीकृत समाजवादी नगर समितिले जिल्ला अध्यक्ष श्रीधर पोख्रेलको नाम सिफारिस गरेको थियो ।
उपप्रमुख पाएको कांग्रेसले अझै उम्मेदवार टुङ्ग्याएको छैन ।