प्रहर खबर
 २०८३ कार्तिक ५, बुधवार    

भन्सारको गेटमा ठोक्किँएर एक जनाको मृत्यु

२०७९ आश्विन १२, बुधबार ०३:३६ बजे

हेटौंडा – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १५ भन्सार गेटको ब्यारेलमा गएराती मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भारतिय नागरिक ३२ वर्षीय सन्दिप कुमार साहु रहेका छन् ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा नर्सिङहोम नेपालगञ्जमा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा पछाडी सवार २२ वर्षीय पृथ्बी राजपुलको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

नेपालगञ्जबाट रुपडियातर्फ जाँदै गरेको भारतिय नम्बरको मोटरसाइकल गएराती पौने ११ बजे अनियन्त्रित भइ भन्सार गेटको ब्यारेलमा ठोकिएको भन्सार सुरक्षा गार्ड बाँकेले जनाएको छ ।