प्रहर खबर
 २०८३ भाद्र १४, आइतवार    

मनोयन दर्ता अपडेटः मकवानपुरमा हालसम्म ४ सय ३ जनाले गरे उम्मेदवारी दर्ता

२०७९ बैशाख १२, सोमबार १०:२२ बजे

हेटौंडा – आसन्न स्थानीय तह निर्वाचनका लागि मकवानपुरको १० वटा स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालय धमाधम उम्मेदवारी दर्ता भइरहेको छ ।जिल्लामा हालसम्म ४ सय ३ जनाले उम्मेदवारी दर्ता गरेको छ । आइतबार र सोमबार दिउँसो ३ बजेसम्म जिल्लाका १० वटा स्थानीय तहमा गरी ४ सय ३ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार नगर प्रमुखमा ११ जना, गाउँपालिका अध्यक्षमा १९ जना, नगर उपप्रमुखमा ५ र उपाध्यक्षमा ७ जनाले मनोनयन दर्ता गराएका छन् । त्यस्तै वडाध्यक्षमा १०० जना, महिला सदस्यमा ६७, दलित महिला वडा सदस्यमा ६० जना र वडा सदस्यमा १ सय ४३ जनाले उम्मेदवारी दर्ता गराएका आयोगले एक सूचना मार्फत जानकारी दिएको छ ।