हेटौंडा – एक युवकले खुकुरी प्रहार गरी आफ्नै भाईको हत्या गरेका छन् । सुनसरी बराहक्षेत्र नगरपालिका–४ कौवा खोज बस्ने ३० वर्षीय देबराज धामीले आफ्नै भाइ १८ वर्षीय देव कुमार धामीको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चुरोटको निहुँमा दाजु भई झगडा भएको थियो । झगडामा देबराजले खुकुरी प्रहार गर्दा देवकुमार गम्भीर घाइते भएका थिए । गम्भीर घाइते देवकुमारको घोपा धरान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै भाईको हत्या अभियोगमा दाजु देवकुमारलाई प्रहरी अइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।