प्रहर खबर
 २०८३ भाद्र १६, मङ्गलवार    

कटुवा पेस्तोल सहित पक्राउ

२०७९ जेठ २३, सोमबार ०७:३१ बजे

चितवन – भरतपुर महानगरपालिका–५ श्रृष्टि चोकबाट १ थान कटुवा पेस्तोल सहित सोही महानगरपालिका–६ बस्ने ४० वर्षीय दिपक पुनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ना.४५ प २७१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार पुनलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।