प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

पूर्वराष्ट्रपतिको समर्थनमा गीत सार्वजनिक

२०८२ असार २५, बुधबार २१:०३ बजे

मकवानपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन गरिएको गीत बजारमा आएको छ ।

नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणासँगै आमचर्चामा रहेकी भण्डारीलाई नेतृत्वमा स्थापित गराउने अभिप्राय बोकेको गीत सामाजिक सञ्जालमा सार्वजनिक भएको हो ।

‘गर्नुपर्ने धेरै काम छन्’ बोलको उक्त गीतको भिडियोलाई पूर्व राष्ट्रपति पक्षधर एमाले कार्यकर्ताले सञ्जालमा सेयर गरिरहेका छन् ।


कुटीको शब्द/संगीत र सन्जय सुब्बा तुम्रोकको स्वर रहेको गीतलाई विजय मास्कीले रेकर्ड गराएका हुन् । गीतमा राष्ट्रपतिका रूपमा उहाँले गरेका कामको चर्चा गरिएको छ ।

गीतको भिडियोमा भण्डारीले विभिन्न समारोहमा उच्चपदस्थ नेता तथा पदाधिकारीहरूसँग खिचेका फोटोहरू देखाइएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डसँगको फोटो पनि राखिएको छ ।


जबजको रक्षा र विकासका लागि विद्याको अनिवार्यता झल्काउन मदन भण्डारीलाई पनि भिडियोमा प्रस्तुत गरिएको छ । गीतले भण्डारीलाई अघि बढ्न प्रेरित गरेको छ ।

यस्तो छ गीतको पहिलो पंक्ति :

गर्नुपर्ने काम धेरै छन्
गर्न विश्राम धेरै छन्

पाउन सम्मान धेरै छन्
अघि अघि बढ माताश्री
सत्यको रथ चढ माताश्री
परिश्रम गर माताश्री
निरन्तर लाग माताश्री