प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

मकवानपुरमा तातोपानीमा परेर तीन वर्षीया बालिका घाइते

२०८१ पौष १, सोमबार १९:०६ बजे

मकवानपुर – मकवानपुरको बागमती गाउँपालिका–६ कायरमा तीन वर्षीया बालिका तातो पानीले पोलेर घाइते भएकी छन्। सुरेश हिमडुङकी छोरी सुक्रिषा हिमडुङ आफ्नै घरमा खेल्ने क्रममा तातो पानी भएको भाँडामा ठोकिन जाँदा शरिरका विभिन्न भागमा जलेर घाइते भएकी हुन्।

घटनापछि परिवारले उनलाई तत्काल उपचारका लागि काठमाडौँस्थित कान्ति बाल अस्पताल पुर्याएका छन्। अस्पतालमा बालिकाको उपचार जारी रहेको र अवस्था मध्यम रहेको प्रहरी स्रोतले जनाएको छ।