हेटौंडा – पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२२ स्थित ३ नम्बरपुलमा बस र ट्रक एकआपसमा ठोक्किँएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । ती मध्य ७ जनाको अवस्था गम्भीर रहेको छ ।
ट्रक चालक तनहुँ, पिपरटार बस्ने २८ बर्षीय पुर्ण गुरूङ, बस चालक हेटौंडा उपमहानगरपालिका–३ बस्ने ४० बर्षीय हरि शम्सेर सुयाल थापा र नाम, थर वतन नखुलेको अन्दाजी ३५ बर्षीय पुरूष ब्यक्ति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । प्रहरीका अनुसार उनीहरुको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।
बारा प्रहरीका अनुसार बुधबार बिहान २ बजेको समयमा काकडभिट्टाबाट काठमाण्डौ तर्फ जादै गरेको बा.३–००१ख २५८७ नम्बरको बस र हेटौंडाबाट पथलैयातर्फ जादै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
गम्भीर घाइते भएका बन्दिपुर गाउँपालिका–६ बस्ने १७ बर्षीय तेज कुमार गुरूङ, ईटहरी उपमहानगरपालिका–४ बस्ने ४० बर्षीय सुरेन्द्र गौतम, उनको श्रीमती ३५ बर्षीया सम्झना गजुरेल, उनकै छोरी १२ बर्षीया सोराय गौतम, छोरा ३ बर्षीय सोडनेम गौतमको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हेटौंडामा उपचार सम्भब नभएपछि सुन्सरी भाति गाउँपालिका–२ बस्ने ३० बर्षीय खिलराज दुलाल र बसको सहचालक झापा दमक बस्ने ३५ बर्षीय कोनगेन्द्रको उपरेतीलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन रिफर गरिएको छ ।
त्यस्तै दुर्घटना परी घाइते भएकाहरु मध्ये २० जनाको कार्की मेडिक्ल अमलेखगञ्जमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाइते भएकाहरुको नामावलीहरुः–
१.जिल्ला तन्हु बन्दिपुर गा.पा.०६ बस्ने अ.बर्ष १७ को तेज कुमार गुरूङको अनुहार र हातमा चोट, अवस्था मध्यम हेटौडा सरकारी अस्पतालमा उपचार भई रहेको
२.जिल्ला सुन्सरी भाति गा.पा.०२ बस्ने अ.बर्ष ३० को खिलराज दुलालको अनुहार र खुट्टामा चोट अवस्था मध्यम रहेको हेटौडा सरकारी अस्पतालमा उपचार भई रहेको( पुरानो मेडक्ल चितवनमा रिफर गरेको)
३.जिल्ला सुन्सरी ईटहरी उ.म.न.पा ०४ बस्ने अ.बर्ष ४० को सुरेन्द्र गौतमको खुट्टामा चोट,अवस्था सामान्य रहेको, हेटौडा सरकारी अस्पतालमा उपचार भई रहेको
४.निजको श्रीमती अ.बर्ष ३५ की सम्झना गजुरेलको टाउको, अनुहार र छातिमा चोट, अवस्था गम्भिर रहेको, हेटौडा सरकारी अस्पतालमा उपचार भई रहेको
५.निजको छोरी अ.बर्ष १२ की सोराय गौत्मको टाउको,अनुहार र छात्तीमा चोट अवस्था गम्भिर रहेको, हेटौडा सरकारी अस्पतालमा उपचार भई रहेको
६.निजको छोरा अ.बर्ष ३ को सोडनेम गौत्मको टाउको,छात्ती खुट्टमा चोट अवस्था गम्भिर रहेको, हेटौडा सरकारी अस्पतालमा उपचार भई रहेको
७. बसको सह-चालक जिल्ला झापा दमक बस्ने अ.बर्ष ३५\४० कोनगेन्द्र उपरेती टाउको,अनुहार र छात्तीचोट अवस्था गम्भिर रहेकोपुरानो मेडिक्ल क्लेज चितवनमा उपचार भई रहेको
कार्की मेडिक्ल अम्लेखगंज बारामा उपचार भईरहेको
१.देश भरत आन्नचल प्रदेश बस्ने अ.बर्ष ५२ को सिडिमायाको खुट्टामा चोट, अवस्था सामान्य
२.ऐ.ऐ.बस्ने अ.बर्ष ५२ की नामा एमसेको खुट्टामा चोट, अवस्था सामान्य
३.ऐ.ऐ.बस्ने अ.बर्ष ४२ की श्रीग धौगाको हातमा, सामान्य चोट
४.ऐ.ऐ.बस्ने अ.बर्ष ४७ को पासाङ काण्डुको मुख र खुट्टामा चोट, अवस्था गम्भिर
५.जिल्ला ईलाम माईजुमा गा.पा.०५ बस्ने अ.बर्ष ३० को बिनोद तामाङको खुट्टमा सामान्य चोट
६.ऐ.ऐ. चुलाछुटी गा.पा.०५ बस्ने अ.बर्ष ३६ को बिर बाहादुर तामाङको मुख, नाक र खुट्टामा चोट, अवस्था मध्यम रहेको
७.जिल्ला सङखुवा साभा मा.बि न.पा.०९ बस्ने अ.बर्ष ३० को चन्द्र बहादुर तामाङ, खुट्टामा सामान्य चोट
८.ऐ.ऐ. बस्ने अ.बर्ष २४ को विर्ख बहादुर तामाङको टाउकोमा चोट, अवस्था मध्यम
९.जिल्ला ईलाम चुलाडुली गा.पा.०३ बस्ने अ.बर्ष ३६ को मनोज कुमार लिम्बुको पेटमा सामान्य चोट
१०.ऐ.ऐ.बस्ने अ.बर्ष २० को प्रवेश पटेलको खुट्टामा सामान्य चोट
११.जिल्ल झापा कमल गा.पा.०५ बस्ने अ.बर्ष १९ की पुणम गुरङको खूट्टामा सामान्य चोट
१२.देश भरत कालेगुङ बस्ने अ.बर्ष २५ को छोमी लोप्चाको खुट्टामा सामान्य चोट
१३. निजको श्रीमान अ.बर्ष २९ को नामग्याल डोर्जेको खुट्टामा सामान्य चोट
१४.निजको छोरी अ.बर्ष २ की माया लोप्चाको खुट्टामा सामान्य
१५. जिल्ला झापा अर्जुन धारा गा.पा.११ बस्ने अ.बर्ष ४९ को हरी नारायण बिशवकर्माको खुट्टामा चोट
१६.जिल्ला सुन्सरी ईटहरी उ.म.न.पा.०६ बस्ने अ.बर्ष ५४ को अनिल कुमार थापाको हात र खुट्टामा सामान्य चोट
१७ जिल्ला झापा बारदसी गा.पा.०२ बस्ने अ.बर्ष ४२ को धन बहादुर लिम्बुको हात र खुट्टामा सामानय चोट
१८.ऐ.ऐ.कमल गा.पा.०६ बस्ने अ.बर्ष २० को नएन खनालको टाउकोमा चोट, मध्यम
१९. देश भरत आन्नचल प्रदेश बस्ने अ.बर्ष १९ को छिरीङ पालेदेनको खुट्टामा सामान्य चोट
२० जिल्ला उर्लाबारी बस्ने अ.बर्ष २१ को अमि श्रेष्ठको ढाडमा चोट अवस्था मध्यम