प्रहर खबर
 २०८३ भाद्र १२, शुक्रवार    

छुम्बी लामा बने क्यानको प्रवक्ता

२०८१ असार २२, शुक्रबार २१:०४ बजे

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले केन्द्रीय सदस्य छुम्बी लामालाई प्रवक्तामा नियुक्त गरेको छ । क्यानको बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट मनोनीत सदस्य छुम्बीलाई प्रवक्तामा नियुक्त गरेको हो ।

क्यानले आफ्नो निर्णयमा भनेको छ- 'संघबाट संचालन हुने विभिन्न गतिविधिहरु सम्वन्धि जानकारी एवंम सुचनाहरु विभिन्न मिडिया तथा सामाजिक संजालमा आधिकारिक रुपमा प्रवाह गर्नका लागि संघका सदस्य श्री छुम्बी लामालाई संघको प्रवक्तामा मनोनयन गर्ने निर्णय गरियो ।'