प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

बजेटकाे पक्षमा मतदान गर्न एमाले 'ह्वीप'

२०८२ असार ९, सोमबार १६:४७ बजे

हेटौंडा । नेकपा एमालेले आउँदो आर्थिक वर्ष २०८२/८३ को विनियाेजन विधेयकको पक्षमा मतदान गर्न 'ह्वीप' लगाएको छ ।

प्रतिनिधिसभाकाे बैठकमा भोलि बजेट पारित गर्ने कार्यसूची छ । एमालेका मुख्य सचेतक महेश बर्तौलाले सबै सांसहरूलाई बैठकमा अनिवार्य उपस्थित भई बजेटकाे प्रस्तावकाे पक्षमा मतदान गर्न 'ह्वीप' जारी गर्नुभएको हो ।