प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

रुसी सेनामा भर्ना भएका थप एक नेपालीको मृत्यु

२०८० पौष २६, बिहीबार १९:५७ बजे

काठमाडौं – रुसी सेनामा भर्ना भएका थप एक नेपालीको मृत्यु भएको छ । प्युठान नगरपालिका–४ काठेवरका सोनु सुनारको ज्यान गएको प्युठान नगरपालिकाका उपमेयर देवेन्द्र वर्माले जानकारी दिए ।

रोजगारीका क्रममा दुई वर्षअघि कतार पुगेका सुनार केही महिनाअघि रुस गएर त्यहाँको सेनामा भर्ना भएका थिए ।योसँगै रुस–युक्रेन युद्धमा गएर ज्यान गुमाउने नेपालीको सङ्ख्या ११ पुगेको छ ।

यसअघि ज्यान गुमाउनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह, धादिङका राजकुमार गिरी, स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागल रहेका छन् ।