प्रहर खबर
 २०८३ भाद्र १५, सोमवार    

नेपालमा कोरोना संक्रमितको संख्या बढ्यो

२०७९ असार ३०, बिहीबार १२:०३ बजे

हेटौंडा – पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशामा ३ हजार ८४४ नमुना परिक्षण गरिएमा २६० जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल सक्रिय संक्रमितको संख्या ११७१ पुगेको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार १७१ रहेका छन् । पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन ।

जसमध्‍ये १ हजार १४८ जना होम आइसोलेसनमा रहेका छन भने २३ जना संस्थागत आइसोलेसन र १४ जना आईसीयूमा छन् ।
यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ७६७ पुगेको छ ।