प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

अपडेटः मकवानपुरमा ४ बजेसम्म ५ सय २५ जनाको उम्मेदवारी दर्ता

२०७९ बैशाख १२, सोमबार ११:१० बजे

हेटौंडा – आसन्न स्थानीय तह निर्वाचनका लागि मकवानपुरको १० वटा स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालय धमाधम उम्मेदवारी दर्ता भइरहेको छ । जिल्लामा हालसम्म ५ सय २५ जनाले उम्मेदवारी दर्ता गरेको छन् ।

आइतबार र सोमबार दिउँसो ४ बजेसम्म जिल्लाका १० वटा स्थानीय तहमा गरी ५ सय २५ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार नगर प्रमुखमा १२ जना, गाउँपालिका अध्यक्षमा २५ जना, नगर उपप्रमुखमा ६ र उपाध्यक्षमा १० जनाले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै वडाध्यक्षमा १ सय ३५ जना, महिला सदस्यमा ८६ जना, दलित महिला वडा सदस्यमा ७७ जना र वडा सदस्यमा १ सय ७४ जनाले उम्मेदवारी दर्ता गराएका आयोगले एक सूचना मार्फत जानकारी दिएको छ । उम्मेदवारीको मनोनयन दर्ता आज साँझ ५ बजेसम्म जारी रहने छ ।