प्रहर खबर
 २०८३ भाद्र १२, शुक्रवार    

भरुवा बन्दुकसहित एक जना पक्राउ

२०८१ मंसिर १८, मंगलबार २०:२९ बजे

धनगढी – अछाममा भरुवा बन्दुकसहित प्रहरीले एक जना पक्राउ गरेको छ। साँफेबगर नगरपालिका–७ रिडिकोटका ३३ वर्षीय कुँवेर केसी एक थान भरुवा बन्दुकसहित पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय, बयलपाटाको टोलीले उनलाई मंगलबार घरबाटै पक्राउ गरेको हो। उनको घरमा भरुवा बन्दुक लुकाएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। उक्त विषयमा थप अनुसन्धान जारी रहेको सुदूरपश्चिम प्रदेश प्रहरीले बताएको छ।