प्रहर खबर
 २०८३ भाद्र ११, बिहीवार    

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

२०८० आश्विन ७, आईतबार ०६:३७ बजे

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारसम्बन्धी मुद्दाको सुनुवाइ फेरि स्थगित भएको छ। मुद्दाको अन्तिम छिनोफानोका लागि पेसी तोकिएपछि भइरहँदा काठमाडौं जिल्ला अदालतले न्यायाधीश अभाव भएको भन्दै सुनुवाइ स्थगित गरेको हो।

चीनको हाङ्जाओमा जारी १९औँ एसियाली खेलकुदमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गर्ने दिन (आज) नै सन्दीपविरुद्धको मुद्दाको पेसी तोकिएको थियो।

यदि आइतबार उक्त मुद्दामा सुनुवाइ अघि बढेको भए सन्दीप चीन जान पाउने थिएनन्। तर काठमाडौं जिल्ला अदालतले न्यायाधीश नभएको भन्दै इजलास नै नतोकी सुनुवाइ स्थगित गरेको हो।

नाबालिग बलात्कार अभियोग लागेका सन्दीपविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको थियो। सन्दीप जाने नजाने अनिश्चित हुँदा नेपाली क्रिकेट टोलीका अन्य सदस्य भने आइतबारै मध्यान्हन चीनतर्फ जाँदैछन्।