प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

लागुऔषध र नगद सहित हेटौंडाबाट दुई जना पक्राउ

२०७९ असार १९, आईतबार ०६:०० बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ जरुवाटोलबाट लागुऔषध गाँजा र चरेस सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४१ वर्षीय सुक बहादुर गोले र सोही ठाउँ बस्ने ४५ वर्षीय प्रकाश बल रहेका छन् ।उनीहरुलाई करिब १२ किलो गाँजा, करिब ५० ग्राम चरेश, नगद ७३ हजार ४ सय रुपैयाँ र १ हजार भारतीय रुपैयाँसहित शनिबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बागमती प्रदेश ०३–००५ प ७०२८ नम्बरको मोटरसाइकमा चुनियाँबाट हेटौंडा बजारतर्फ आउँदै गरेका उनीलाई प्रहरी चौकी भैसेमा खटिएको प्रहरीले जाँच गर्न खोज्दा त्यहाँबाट भागेका थिए । प्रहरीले पिच्छा गर्ने क्रममा हेटौंडा–१ जरुवाटोलबाट नियन्त्रणमा लिएर जाँच गर्दा उक्त लागूऔषध र नगद बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।