प्रहर खबर
 २०८३ कार्तिक ४, मङ्गलवार    

साइकलको ठक्करबाट एकको मृत्यु

२०७९ श्रावण २०, शुक्रबार ०६:०१ बजे

हेटौंडा – साइकलको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । मोरङको बिराटनगर महानगरपालिका १९ मिलनचोकमा शुक्रबार बिहान साइकलको ठक्करबाट पैदलयात्री मोरङकै ग्रामथान गाउँपालिका २ का ७० वर्षीय हर्कदेव सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिराटनगर स्थित गोल्डेन अस्पतालमा मृत्यु भएको हो । ग्रामथान गाउँपालिका २ कै ३५ वर्षीय बिनोद मोडियारीले चलाएको साइकलले शुक्रबार बिहान साढे ७ बजे बृद्धलाई ठक्कर दिएको थियो । दुर्घटना पश्चात् साइकलयात्री फरार भएकोले खोजी भइरहेको प्रहरी चौकी झोराहाट मोरङले जनाएको छ ।