काठमाडौं – मनसुनी प्रणाली सक्रिय रहेका कारण आज (बुधबार) देशभर भारी बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार विहान झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको हो । यी क्षेत्र सहित अन्य देशैभर थप वर्षा हुनसक्ने अनुमान महाशाखाको छ ।
आज झापा, मोरङ, सुनसरी, सप्तरी, कास्की, लमजुङ, नवलपरासी, गोरखा, पाल्पा, अर्घखाँची, प्युठान, कपिलबस्तु, दाङ जिल्लाको आपसपास भई बग्ने स–साना नदिहरुमा बहाव बढ्ने र केही आकस्मीक बहाब समेत बढ्ने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आगामी तीन दिनसम्म नेपालका प्रमुख नदीहरु कोशी, नारायणी, कर्णाली कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बवई र यसका सहायक नदीहरुको बहाब उल्लेख बढ्ने छ ।
स–साना नदीहरुमा बहाब बढ्ने र केहीमा आकस्मिक वहाव समेत हुन सक्ने पूर्वानुमान रहेकाले उक्त जिल्ला भई वहने स–साना नदीहरुका तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
