प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

सहकारी संस्था चोरीमा संलग्न मकवानपुरका थप दुई युवा पक्राउ

२०८० जेठ २, मंगलबार १३:०१ बजे

हेटौंडा – सहकारी संस्थाको रकम चोरी गरेको आरोपमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ का थप दुई जना पक्राउ गरेका छन् । २४ वर्षीय अमृत थिङ लामा, २९ वर्षीय गम्भिर भन्ने सोमलाल थिङलाई काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

यसअघि मकवनपुरको इन्द्रसरोवर गाउँपालिका–५ मधुवनबाट हातहतियार सहित ३० वर्षीय अशोक रुम्बा र ३५ वर्षीय अकबर लामालाई पक्राउ गरेको थियो । चोरीमा संलग्न अन्य दुई जना भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले गत वैशाख १८ गते राति काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ टौखालमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाकोनगद ३२ लाख ३१ हजार ७४५ रुपैया चोरी गरेका थिए ।

पक्राउ परेका व्यक्तिहरुबाट नगद पाँच लाख ४५ हजार, फलामको रथ एक थान, भरुवा बन्दुक एक थान, फलामको गोली एक थान, बारुद एक बट्टा, फलामको रेन्चु एक थान, फलामको हतौडा दुई थान, फलामको पाईप टुक्रा एक थान, रामो एक थान, मोबाईल पाँच थान, जुत्ता एक जोर, पानी टेप एक थान, पि–क्याप एक थान र एउटा ज्याकेट बरामद गरिएको प्रहरीले जनाएको छ ।

चारै जनालाई अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।