प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

मकवानपुरमा मलामी चढेको अटो ट्रकसंग ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते

२०७९ कार्तिक ५, शनिबार ०६:०० बजे

हेटौंडा – मकवानपुरको बागमती गाउँपालिकामा मलामी गएर फर्केको अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

गएराति धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–५ कोइलादमार चोक नजिक मलामी गएर फर्केको ना १ ह ५८५५ नम्बरको अटो रोकिराखेको बागमती प्रदेश ०३–००१ क ४१३ नम्बरको ट्रकमा ठोक्किदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बागमती गाउँपालिका ८ बस्ने राम बहादुर गोले रहेका छन् । उनको उपचारको क्रममा हेटौंडाको चुरेहिल अस्पतालमा मृत्यु भएको मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतमले बताए ।

घाइते हुनेमा दुर्घटनामा अटो चालक बागमती ८ निवासी सिंह बहादुर योन्जन, अटोमा सवार सोही वडाका वीर बहादुर थोकर र लक्ष्मण राई रहेका छन् । घाइते तीनै जनाको हेटौंडा ११ स्थित चुरेहिल अस्पतालमा उपचार भइहेको प्रहरीले जनाएको छ ।

ट्रक इलाका प्रहरी कार्यालय फापरबारीको नियन्त्रणमा लिएको छ ।