प्रहर खबर
 २०८३ भाद्र १२, शुक्रवार    

आफ्नै घरभित्र अर्धनग्न अवस्थामा एक महिलाको शव फेला

२०८१ बैशाख २०, बिहीबार १९:४२ बजे

विराटनगर – मोरङको सुन्दरहरैंचामा विभत्स अवस्थामा एक महिलाको शव फेला परेको छ।

सुन्दरहरैंचा नगरपालिका–५ गोर्खाली टोलकी ४५ वर्षीया मनमाया तामाङको शव आफ्नै घरभित्र अर्धनग्न अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। महिलाको शव फेला परे पनि उनका श्रीमान् ५० वर्षीय पदमबहादुर तामाङ फरार रहेका छन्।

मनमायाको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।