प्रहर खबर
 २०८३ भाद्र १५, सोमवार    

गाई काटेको आरोपमा ४ जना पक्राउ

२०७९ कार्तिक ५, शनिबार ०२:५९ बजे

काठमाडौं – गुल्मीमा गाई काटेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  मालिका गाउँपालिका–२ का २२ वर्षीय रमेश विक, २८ वर्षीय महलाल विक, ६१ वर्षीय टोप बहादुर रसाइली र ३५ वर्षीय तारा विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए।

शुक्रवार राति दर्लिङ्गमा गाई काटिरहेको सूचनाको आधारमा पौदी अमराई प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक भविश्वर विकसहित घटनास्थलमा पुगको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

दघटनास्थलमा पुगेको प्रहरीको टोलीले गाईको टाउको, पुच्छर, दुई खुट्टा, छाला र मासुसहित चार जनालाई रङ्गेहात पक्राउ गरेको रानाभाटले बताए। उनीहरुमाथि जिल्ला प्रहरी कार्यालय गुल्मी ल्याएर थप अनुसन्धान हुने प्रहरीले जनाएको छ।