प्रहर खबर
 २०८३ भाद्र १४, आइतवार    

आज यि प्रदेशमा वर्षा हुने

२०८० जेठ १०, बुधबार ०१:५५ बजे

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

हाल कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशको पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहने छ ।देशको पहाडी भू– भागहरूका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार राती देशको पहाडी भू–भागहरूमा सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षा हुने महाशाखाको अनुमान छ ।