प्रहर खबर
 २०८३ भाद्र १५, सोमवार    

हेटौंडामा गठवन्धनको चुनावी अस्त्र: पानी र विजुली ‘फ्रि’

२०७९ बैशाख २०, मंगलबार ११:३१ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा पाँच दलीय गठवन्धनले प्रतिवद्धतापत्र (घोषणापत्र) सार्वजनिक गरेका छन् । मंगलबार पत्रकार सम्मेलन आयोजना गठवन्धनले प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो ।

प्रतिवद्धता पत्रमा गठवन्धनले ‘ग्रेटर हेटौंडा’ निर्माणको लागि २२ शिर्षक तयार पारेका छन् । प्रतिवद्धता पत्रमा हेटौंडा उपमहानगर क्षेत्रको नदिमा मिनि स्विमिङपुल निर्माण गर्ने देखि बृद्धबृद्धाहरुको लागि चौतारा निर्माण गर्ने योजनाहरु रहेका छन् ।

प्रतिवद्धता पत्रमा हेटौंडा उपमहानगरको प्रत्येक वडामा खुल्ला व्यायमशाला निर्माण गर्ने मठ, मन्दिर, चर्च, गुम्बा, मस्जितको प्रर्वद्धन गर्ने स्वरोजगार केन्द्र स्थापना गर्ने उल्लेख गरेको छ । त्यस्तै एमविविएस अध्ययन गर्ने जेहेनदार विद्यार्थीलाई छात्रबृत्ती प्रदान गर्ने पनि भनेको छ ।

त्यस्तै प्रतिवद्धता पत्रमा महिनामा १० हजार लिटर खानेपानी ‘फ्रि’ र वार्षिक ३०० युनिटसम्मको बिजुली ‘फ्रि’ दिने भनेको छ । फूलैफूलको सहर बनाउने, वाईपास सडकको स्थायी निर्माण गर्ने लगायतका योजनाहरु प्रतिवद्धता पत्रमा उल्लेख गरेको छ ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रि विरोध खतिवडा, नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य केदार न्यौपाने, नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँ, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, नेकपा एसबाट मेयरकी उम्मेदवार मिना कुमारी लामा र नेपाली कांग्रेसबाट उपमेयरका उम्मेदवार राजेश बानियाँ लगायतको उपस्थिती थियो ।