प्रहर खबर
 २०८३ कार्तिक ९, आइतवार    

निर्वाचन आयोगले प्रधानाध्यापक तिवारीसंग माग्यो २४ घण्टे स्पष्टीकरण

२०७९ आश्विन ३१, सोमबार ०७:३४ बजे

काठमाडौं – पर्वतको वाल प्रथमिक विद्यालयका प्रधानाध्यापक छविलाल तिवारीले निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको पक्ष विपक्षमा प्रचार प्रसार गरेको भन्दै जिल्ला निर्वाचन कार्यलयले २४ घण्टे स्पष्टीकरण मागेको छ ।

जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले सोमबार विज्ञप्तीमार्फत फलेवास नगरपालिका वडा नं. ४ मा रहेको विद्यालयका शिक्षक तिवारीसंग २४ घण्टे स्पष्टीकरण माग गरेको हो । मंसिर ४ गते हुने प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आचारसंहिता विपरित ‘आफ्नो फेसबुक पेजमा राजनीतिक दल तथा उम्मेदवारको पक्ष विपक्षमा प्रचार प्रसार सामाग्री पोष्ट तथा सेयर गरी भोट मागी चुनावी प्रचार प्रसार गरेको’ उल्लेख गरिएको छ

विज्ञप्तिमा असोज ३० गते बसेको जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकले शिक्षक तिवारीले आफै उपस्थित भई लिखित स्पष्टिकरण दिनुपर्ने उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आचारसंहिता, २०७९ को दफा ४६ तथा निर्वाचन आयोग ऐनको दफा २३ अनुसार कारवाही किन गर्न नपर्ने हो, २४ घण्टाभित्र जिल्ला निर्वाचन कार्यालय पर्वतमार्फत जिल्ला आचारसंहिता अनुगमन समितिसमक्ष आफै उपस्थित भई लिखित स्पष्टिकरण पेश गर्न स्पष्टीकरण माग गरी कारवाही प्रकृया अगाडी बढाइएको व्यहोरा जानकारी गराइन्छ ।’